राजा चाहिनेले घरमै स्थापना गर्नू : केपी ओली

राजा चाहिनेले घरमै स्थापना गर्नू : केपी ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजा चाहियो भन्नेलाई घरमा नै राजा स्थापना गर्न सुझाव दिएका छन् ।

शनिबार बुढानीलकण्ठ नगर अस्पतालको उद्घाटन तथा नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान र परिवर्तन नमान्ने समूह विकास र देश विरोधी शक्ति भएको बताए ।

‘संविधान नमान्ने, परिवर्तन नै नमान्ने, जनताको सर्वोच्चता नै नमान्ने र मलाई एउटा मालिक चाहियो भनेर कुद्ने, त्यो मालिकको स्थापना घरमा गर्दै गर तर देशले मालिक व्यक्तिलाई स्थापना गर्दैन, एउटा परिवारलाई स्थापना गर्दैन, देशले नागरिक सर्वोच्चतालाई मान्छ, जनतामा रहेको सार्वभौमसत्तालाई मान्छ,’ उनले भने ।

अहिले पनि केही मानिसहरूमा उत्ताउलोपन देखाएर त्याग र बलिदानबाट स्थापना भएको व्यवस्था र संविधान मान्दिन भनेर हिँडेका भन्दै ओलीले आलोचना गरे । उनले त्यस्ता शक्तिलाई संवैधानिक दायराभित्र आएर संविधानले दिएको अधिकारभित्र रहेर आफ्ना माग राख्न आग्रह गरे ।