एमालेले मिसन २०८४ त्यत्तिकै भनेको होइन : अध्यक्ष ओली

एमालेले मिसन २०८४ त्यत्तिकै भनेको होइन : अध्यक्ष ओली


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले मिसन २०८४ त्यतिकै नभनेको बताएका छन् ।

नेकपा एमाले नवलपरासीको नवौं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले मिसन २०८४ महान् उद्देश्य राखेर घोषणा गरिएको अभियान भएको बताए ।

‘हाम्रो देशको सार्वभौमसत्ताको रक्षा गर्नुपर्नेछ, स्वाधीनता, स्वतन्त्रताको रक्षा गर्नुपर्नेछ, हाम्रो भूमिको रक्षा गर्नुपर्नेछ,’ उनले भने ।

आफूले सुस्ता पनि घुमेको बताउँदै उनले २०२५ सालदेखि सुस्ता नेपाली भूमि रहेकाले भारतीयलाई सुस्ता छाड्न भन्दै आएको स्मरण गराए । त्यतिखेर देशका लागि कुरा उठाउँदा समेत आफूहरूमाथि मुद्दा चलाइएको उनले स्मरण गरे ।

नेकपा एमाले सधैं राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता र सार्वभौमसत्ता रक्षाको पक्षमा लड्ने पार्टी भएको उनले बताए । ‘देशको सिमानालाई लिएर आवाज उठाउने जिम्मा हाम्रो काँधमा परेको जस्तो छ,’ उनले भने ।