बालकोटको प्रस्टीकरण : मन्त्रीहरूलाई अध्यक्ष ओलीले बोलाएको खबर सत्य होइन

बालकोटको प्रस्टीकरण : मन्त्रीहरूलाई अध्यक्ष ओलीले बोलाएको खबर सत्य होइन


काठमाण्डु – नेकपा एमाले र नेपाली कांग्रेसको नयाँ गठबन्धन बन्ने चर्चासँगै अध्यक्ष केपी शर्मा ओलीले सरकारका मन्त्रीहरूलाई छलफलका लागि बालकोट बोलाएको खबर सत्य नभएको भन्दै खण्डन गरिएको छ ।

सामाजिक सञ्जाल फेसबूकमा ‘बालकोट’ पेजमा राखिएको प्रस्टीकरणमा भनिएको छ, ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी मन्त्रीहरूलाई अहिले साँझ छलफलमा बोलाएको भन्ने विभिन्न सञ्चारमाध्यममा खबर आइरहेको छ । तर मन्त्रीहरूलाई अध्यक्ष ओलीले अहिले छलफलका लागि बोलाउनुभएको खबर सत्य नभएको जानकारी गराइन्छ ।’

कांग्रेस सभापति शेरबहादुर देउवा र अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता भएपछि नयाँ गठबन्धनको चर्चा चलेको छ । यसै सिलसिलामा ओलीले मन्त्रीहरूलाई बोलाएको खबर सम्प्रेषण भए पनि बालकोटले त्यसको खण्डन गरेको छ ।