काठमाण्डु – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय गरेको छ ।
एमाले र नेपाली कांग्रेसको सहमति अनुरूप राष्ट्रिय सहमतिको सरकारमा सहभागी भई राजनीति स्थायित्वमा योगदान गर्न संसद्मा रहेका सबै दलहरूलाई आह्वान गर्ने निर्णय बैठकले गरेको छ ।
मंगलबार बसेको बैठकले दुवै दलको सहमति अनुरूप अब संविधानको धारा ७६(२) को सरकार निर्माणका लागि भोलि बुधबारसम्ममा मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आह्वान गर्ने निर्णय पनि गरेको छ ।
बैठकले कांग्रेससँग भएको सहमति अनुमोदन गरेको छ ।
प्रतिक्रिया