भीडभाडमा जाँदा मास्क लगाउने आदत बसालौँ: प्रधानमन्त्री ओली

भीडभाडमा जाँदा मास्क लगाउने आदत बसालौँ: प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले कोरोना भाइरसप्रति सजग हुनुपर्ने बताएका छन् । आइतबार नेकपाको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक समापन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा कोरोना भाइरसका बिरामी नभएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताए ।

चीनको वुहानमा रहेका नेपालीलाई स्वदेश फिर्ता गर्न लागेको सन्दर्भमा उनले ल्याएपछि महामारीको रुपमा फैलिए के गर्ने भन्ने प्रश्न गरे । उनले भीडभाडमा जाँदा मास्क लगाउने बानी बसाल्न समेत आग्रह गरेका छन् ।

उनले भने, ‘भीडभाडमा जाँदा मास्क लगाउने आदत बसालौँ । कोरोना हाम्रो देशमा प्रकट हुन नदिने कुरामा विस्वस्त छौँ । कोरना भाइरसको सन्दर्भमा सरकार सजग छ ।’