हामीले मिलेर संविधान बनाएका हौं, मिलेरै संशोधन गर्छाैं : प्रधानमन्त्री ओली

हामीले मिलेर संविधान बनाएका हौं, मिलेरै संशोधन गर्छाैं : प्रधानमन्त्री ओली


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले हामीले मिलेर बनाएको संविधानलाई मिलेरै संशोधन गर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले लोकतन्त्रलाई सुदृढ गर्न गरी संविधान संशोधन गरिने बताए ।

‘हामीलाई जे मन लाग्यो त्यही संशोधन हुने होइन । संविधान चाहिएको देश र जनतालाई सकारात्मक परिवर्तन ल्याउन हो,’ उनले भने, ‘सुशासन, विकास, समावेशिताविरुद्ध, आधारभूत प्रस्तावना र मूल्य मान्यताविरुद्ध कसरी जान सक्छौं ? हामी लोकतन्त्रका आधारभूत मान्यतामा अडिग छौं ।’

संविधान संशोधन गर्दा सर्वस्वीकार्यतालाई ध्यान दिइने बताए । ‘संविधान संशोधन गर्न दुईतिहाइ यसै पनि चाहियो । जसोतसो दुईतिहाइ पुग्ला तर संविधानको सर्वस्वीकार्यताका पक्षलाई ध्यान दिइन्छ,’ उनले भने, ‘हामीले मिलेर संविधान बनाएका हौं, मिलेरै संशोधन गर्छाैं ।’