प्रधानमन्त्री ओलीद्वारा ‘ग्लोबल साउथ समिट’लाई सम्बोधन

प्रधानमन्त्री ओलीद्वारा ‘ग्लोबल साउथ समिट’लाई सम्बोधन


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले भारत सरकारद्वारा आयोजित तेस्रो शृंखलाको ‘ग्लोबल साउथ समिट’को उद्घाटन सत्रलाई शनिबार भर्चुअल रूपमा सम्बोधन गरेका छन् ।

करीब १५ राष्ट्र प्रमुुख तथा सरकार प्रमुखबाट सम्बोधन भएको सम्मेलनबारे प्रधानमन्त्री ओलीले ट्वीट गर्दै महत्त्वपूर्ण प्रयासलाई सुरु गरेर जारी राखेकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिए ।

‘हामीले साझा प्रयासबाट हाम्रो भविष्यको बाटो कोर्न सक्छौं, जसले सबैलाई लाभ दिनेछ,’ प्रधानमन्त्री ओलीले भने ।