प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण मन्त्रिपरिषद् बैठकबाट स्वीकृत

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण मन्त्रिपरिषद् बैठकबाट स्वीकृत


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत भएको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्री ओलीको न्यूयोर्क भ्रमण स्वीकृत गरेको छ ।

राष्ट्रसंघको महासभा १० देखि २८ सेप्टेम्बर अर्थात् भदौ २५ देखि असोज १२ गतेसम्म न्यूयोर्कमा हुनेछ ।

भ्रमण टोलीमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री पत्नी राधिका शाक्य, निजी चिकित्सक सहभागी हुनेछन् ।