‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओली पुग्दा तालीको गडगडाहट

‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओली पुग्दा तालीको गडगडाहट


काठमाण्डु – संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा काठमाण्डुको दरबारमार्गस्थित सडकमा आयोजित ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन् ।

नागरिकस्तरबाट आयोजित विशाल कन्सर्टमा कलाकार र सहभागीलाई उत्साहित तुल्याउन प्रधानमन्त्री ओली कार्यक्रमस्थलमा पुुगेका हुन् ।

हातमा राष्ट्रिय झण्डा बोकेर फहराउँदै कन्सर्टको स्टेजमा प्रधानमन्त्री ओली पुुग्दा सहभागीले तालीको गडगडाहटबाट स्वागत गरेका थिए ।

सुुमधुर साँझमा कलाकारहरूको प्रस्तुतिबीच प्रधानमन्त्री ओलीले संक्षिप्त शुुभकामना दिँदै भने, ‘हामी यस भव्य कन्सर्टको आनन्द लिइरहेका छौं । अत्यन्त उल्लासका साथ कार्यक्रम भइरहेको छ । दिवसलाई भव्य ढंगले मनाउन आग्रह गर्छु । इन्जोय गर्नुस् । धेरै धेरै धन्यवाद !’

कन्सर्ट बिहीबार दिउँसो ४ बजेदेखि सञ्चालित छ ।