प्रधानमन्त्री ओलीद्वारा ‘समिट अफ द फ्युचर’को अध्यक्षता

प्रधानमन्त्री ओलीद्वारा ‘समिट अफ द फ्युचर’को अध्यक्षता


काठमाण्डु-संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसङ्घको प्रधान कार्यालयमा आयोजित अन्तरक्रियात्मक छलफल ‘समिट अफ द फ्युचर’को अध्यक्षता गरेका छन् ।

उक्त समिटको उद्घाटनसत्रमा सहभागी भएपछि आयोजित छलफलसत्रको प्रधानमन्त्री ओलीले अध्यक्षता गरेका हुन् । यो सत्रमा दिगो विकासका लक्ष्यको कार्यान्वयन अवस्था, चुनौती र भावी योजनाबारे छलफलमा सहभागी सदस्य राष्ट्रका मन्त्री र प्रतिनिधिले आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

त्यसअघि, प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलले समिट अफ द फ्युचरमा भाग लिएको थियो ।