काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन् ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा न्यूयोर्कमा रहेका प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपति वाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी भएका हुन् ।
ओलीसँगै प्रथम महिला राधिका शाक्य पनि उक्त समारोहमा सहभागी भएकी थिइन् । ओलीले गएराति महासभालाई सम्बोधन समेत गरेका थिए ।
प्रतिक्रिया