बोस्टन (अमेरिका) – प्रधानमन्त्री केपी शर्मा ओली र लक्जेम्बर्गका प्रधानमन्त्री लुक फ्रिइडेनबीच शनिबार भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिएर शनिबार अमेरिकाको न्युयोर्कबाट हावर्ड विश्वविद्यालयको कार्यक्रमका लागि बोस्टन आएका प्रधानमन्त्री ओली र लुकबीच भेटवार्ता भएको हो ।
उनीहरूबीच दुईपक्षीय सम्बन्ध विस्तार र भविष्यको सहयात्राबारे छलफल भएको थियो ।
प्रतिक्रिया