यसपालि अलि ठूलै विपद् आइपर्‍यो, केही गल्ती–कमजोरी हुनसक्छ : प्रधानमन्त्री ओली

यसपालि अलि ठूलै विपद् आइपर्‍यो, केही गल्ती–कमजोरी हुनसक्छ : प्रधानमन्त्री ओली


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो प्रभावितको उद्धारमा सरकारले सक्दो काम गरेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अचानक आइपरेको विपद् भएकाले केही गल्ती–कमजोरी भएको हुनसक्ने बताए ।

उनले भने, ‘यसप्रकारको वर्षा भएर बाढीपहिरो जाला भन्ने अनुमान थिएन । यसप्रकारको भौतिक र मानवीय क्षति होला भन्ने अनुमान थिएन । सरकारले पूर्व तयारी नगरेको होइन, यसपालि अलि ठूलै आइपर्‍यो ।’