प्रधानमन्त्री ओली-अब्बासीबीच एक घण्टा वार्ता: सार्कलाई सक्रिय बनाउन सहमत

प्रधानमन्त्री ओली-अब्बासीबीच एक घण्टा वार्ता: सार्कलाई सक्रिय बनाउन सहमत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानी समकक्षी शहीद खकान अब्बासीबीच होटल याक एण्ड यतिमा करिब एक घण्टा भेटवार्ता भएको छ।

सोमबार अपरान्ह सवा ३ बजे काठमाडौं आएका अब्बासीले प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना व्यक्त गरे।

प्रधानमन्त्री ओली र समकक्षी अब्बासीबीच  दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कलाई सक्रिय तुल्याउने विषयमा विचारविमर्श भएको छ।

भेटवार्तामा मुल रुपमा दुई देशको राजनीतिक र आर्थिक विकासका बिषयमा कुराकानी भएको छ। प्रधानमन्त्री ओलीले नेपालमा लोकतन्त्र सुदृढ गर्नुपर्ने काम जारी रहेको र चुनावी प्रक्रियाबाट राजनीतिक संक्रमणकाल अन्त्य गरेको स्पष्ट पारेका थिए।

सार्कको महत्वलाई थप प्रभावकारी बनाउन दुवै प्रधानमन्त्री सहमत भएका छन्। प्रधानमन्त्री ओलीले सार्क देशहरुका बीचमा कुनै किसिमको असमझदारी भएमा त्यसलाई आपसी छलफलद्वारा टुंग्याउनु पर्ने बताए।

अब्बासीले आफू आउँदो सार्क शिखर सम्मेलन आयोजना गर्न तयार रहेको प्रधानमन्त्री ओलीसँग बताए। यस विषयमा सार्कका अन्य सदस्य राष्ट्रसँग छलफल गरेर निष्कर्षमा पुग्ने प्रधानमन्त्री ओलीले बताए।

भेटवार्तामा प्रधानमन्त्री ओलीलाई पाकिस्तानका प्रधानमन्त्री अब्बासीले पाकिस्तान भ्रमणको निमन्त्रणा गरेका छन्। प्रधानमन्त्री ओलीले उपयुक्त समयमा आफूले पाकिस्तान भ्रमण गर्ने प्रतिवद्धता व्यक्त गरे।

ओलीका साथमा अर्थमन्त्री डा युवराज खतिवडा, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल,मुख्य सचिब लोकदर्शन रेग्मी,परराष्ट्र सचिव शंकरदाश बैरागी लगायत सहभागी थिए।

यस अघि प्रधानमन्त्री अब्बासीलाई सैनिक मञ्च टुंडिखेलमा ‘गार्ड अफ अनर’ले सम्मान गरिएको थियो।