एमाले अध्यक्ष ओली र गृहमन्त्री खांण नेपाल भारतबीचको खेल हेर्न दशरथ रंगशालामा

एमाले अध्यक्ष ओली र गृहमन्त्री खांण नेपाल भारतबीचको खेल हेर्न दशरथ रंगशालामा


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खांण नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल हेर्न दशरथ रंगशाला पुगेका छन् ।

खेलाडीको हौसला बढाउन अध्यक्ष ओली रंगशाला पुगेको उनको सचिवालयले जनाएको छ । सरकारको प्रतिनिधित्व गर्दै गृहमन्त्री खांण खेल हेर्न मैदान खाड पुगेका हुन् ।

नेपाल र भारतको दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ शून्य गोलको बराबरीमा सकिएको छ । यसअघि शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरीमा सकिएको थियो ।