बैंककमा रहेका एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था कस्तो छ?

बैंककमा रहेका एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था कस्तो छ?


काठमाडौं– उपचारका लागि थाइल्याण्डको बैंकक पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था राम्रो भएको खबर प्राप्त भएको छ।

 

 

नियमित स्वास्थ्य परीक्षणका क्रममा पुस २६ गते बैंकक गएका अध्यक्ष ओलीको स्वास्थ्य अवस्था राम्रो भएको उनका स्वकीय सचिव अनिश दाहालले जानकारी दिए ।
उनी बैककको वुमरुमगाड अस्पतालमा स्वास्थ्य परीक्षण गराइरहेका छन्।

 

ओलीको साथमा पत्नी राधिका शाक्यसहित चिकित्सक विद्यासिंह साह र यादव भट्ट रहेका छन्।

 

ओली आगामी बुधबार स्वदेश फर्कने बताइएको छ।