कांग्रेसले एमालेसँग प्रतिस्पर्धा गर्न नसकेर माओवादी र समाजवादीलाई सँगै लिएर हिँड्यो : ओली

कांग्रेसले एमालेसँग प्रतिस्पर्धा गर्न नसकेर माओवादी र समाजवादीलाई सँगै लिएर हिँड्यो : ओली

नेकपा एमालेलाई चारैतिरबाट जिउँदै टोक्ने कोसिस भयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याउँछौ भनेर केही नेताहरूले घोषणा नै गरेको बताएका छन् । शुक्रबार सुनसरीको धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

उनले एमालेलाई सिध्याउँछौ भनेर केही नेताहरूले घोषणा नै गरेको बताए। ओलीले भने, ‘नेकपा एमालेलाई चारैतिरबाट जिउँदै टोक्ने कोसिस भयो। खुट्टा भेटे खुट्टै, हात भेटे हातै टोक्याछ, टाउको भेटे टाउकै टोक्याछ ।’ उद्घोष पनि धेरैले गरे । भित्तामा टास्ने, धुलो बनाउने दिउसै टर्च बालेर हिँडने र सिध्याउने भने।’

उनले नेपाली कांग्रेस सन्ठीको लौरो भएको समेत आरोप लगाए।​ कांग्रेस एमालेसँग एक्लाएक्लै प्रतिस्पर्धा गर्न नसकेर माओवादी र एकीकृत समाजवादीलाई सँगै लिएर हिँडेको दाबी गरे।

त्यस्तै ओलीले ‘ठाडो घाँटी लगाएर हुँ हुँ’ गर्ने स्यालहरूको संख्या बढेपछि तत्कालिन नेपाल कम्युनिस्ट पार्टी विभाजित हुन पुगेको बताएका छन्। एउटा स्याल कराएपछि अर्को स्याल नकराई नहुने उल्लेख गर्दै स्यालहरूको जमातले एमालेलाई नै कब्जा गर्न लागेको समेत बताए।

ओलीले आफ्नो अगुवाइमा वामपन्थी आन्दोलन एकीकृत गर्ने काम भएको समेत बताए। ‘एउटा नियम के छ भने एउटा स्याल एकठाउँमा करायो भने जहाँसुकै भएपनि अप्ठ्यारो अवस्थामा छ भने पनि कराउने बित्तिकै अर्कोले सुनेपछि नकराई हुँदैन्। एउटा कराएपछि अर्कोले ठाडो घाँटी लगाएर हुँ हुँ गर्नैपर्छ,’ ओलीले सम्बोधनको क्रममा भने, ‘नेकपा एमालेभित्र पनि यो त होइन कि भन्यो ठाडो घाँटी लगाएर कराइहाल्नेहरुको जमात निस्कियो।उनीहरुले के ठाने भने यतिबेलै हो मौका, केपी ओली लाटो भएर मौका दियो, आफू अल्पमतमा छ, बहुमत दिएको बेलामा एमालेलाई कब्जा गर्न थाले।’