प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी, ओली पाँच वर्ष प्रधानमन्त्री

प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी, ओली पाँच वर्ष प्रधानमन्त्री


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको छ ।

आज बसेको सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्ष र केपी शर्मा ओली पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने भएका छन् ।

पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीले सरकार र प्रचण्डले पार्टीको नेतृत्व गर्ने बताए ।

‘कार्यकारी अधिकारसहितको पार्टीको नेतृत्व प्रचण्डले गर्ने कुरामा सहमति जुटेको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘एकजनाले सरकारको नेतृत्व र अर्कोले पार्टीको नेतृत्व गर्नुहुनेछ ।’ तर दुवै नेताको वरीयता भने बराबर हुनेछ । पार्टी र सरकार सञ्चालन दुवै नेताको सहमति, सल्लाह र समझदारीमा हुनेछ ।