प्रधानमन्त्री ओलीले चिनियाँ मिडियालाई भने – ‘चीनसँग सम्बन्ध बनाएर भारतसँग फाइदा लिन्छौं’

प्रधानमन्त्री ओलीले चिनियाँ मिडियालाई भने – ‘चीनसँग सम्बन्ध बनाएर भारतसँग फाइदा लिन्छौं’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पेईचिंग – भारतीय सञ्चारमाध्यमले नवनिर्वाचित प्रधानमन्त्री केपी ओलीले चीनसँगको सम्बन्ध प्रगाढ बनाएर भारतसँग सम्झौतामार्फत फाइदा लिने बताएको दाबी गरेको छ । चीनसँग झुकाव राख्ने ओलीले बदलिदो समयसँगै भारतसँगको सम्बन्धमा पनि परिवर्तन ल्याउन चाहेको नवभारतटाइम्सले लेखेको छ

ओली भारत-नेपाल सम्बन्धका सबै आयामहरुको समीक्षा गर्ने पक्षमा छन्, जसमा भारतीय सेनामा नेपाली युवाहरुलाई सेवा दिने पुरानो परम्परा पनि समावेश छ।

हङ कङको साउथ चाइना मर्निङ पोस्ट अखबारमा अन्तरवार्ता दिदै ओलीले भने, ‘भारतसँग हामो राम्रो कनेक्टिविटी छ, खुल्ला बोर्डर छ। यो सब ठीक छ, हामी कनेक्टिविटीलाई अझै बढाउछौं तर हाम्रा दुईवटा छिमेकी भएको कुरा बिर्सनेछैनौं । हामी कुनै एउटा देशमा मात्र निर्भर रहन चाहदैनौं।’

भारतसँगको सम्बन्ध कसरी अघि बढाउन सकिन्छ भन्ने प्रश्नको जवाफ दिदै ओलीले भने, ‘भारतसँगको हाम्रो सम्बन्ध सधै बलियो छ । भारतमा केही तत्वहरुले भ्रम फैलाएका छन् । तर भारतीय नेताहरुले भविष्यमा कुनै हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाएका छन् । हामी एक-अर्काको स्वायत्ताको अधिकारको सम्मान गर्छौं ।’

६५  वर्षे ओली सन् २०७२ मा प्रधानमन्त्री भएका थिए । भारतले आर्थिक नाकाबन्दी लगाएपछि उनले चीनसँग झुकाव राख्ने छवि बनाएका थिए ।  दोस्रो पटक प्रधानमन्त्री पदको शपथ लिनुभन्दा पहिला भारतकी विदेश मन्त्री सुष्मा स्वराज ओलीलाई भेट्न नेपाल आएकी थिइन् । प्रधानमन्त्री मोदीले पनि ओलीलाई फोनमा कुरा गरेका थिए ।

भारतीय सेनामा नेपालीहरुलाई सेवा दिने मुद्दामा ओलीले भने, ‘यदी आवश्यक परेको खण्डमा एकआपसमा कुराकानी गरेर सुधार गरिनेछ । संसार बदलिएको छ र नेपालले नयाँ यात्राको शुरुवात गरेको छ । हामी पुरानो परम्परालाई मान्ने भन्दा पनि यसमा परिवर्तन ल्याउन चाहन्छौं ।’

पछिल्लो समय सरकारले रद्द गरेको चीन सरकारको साढे दुई अर्ब बिलियन डलरको हाइड्रोप्रोजेक्टलाई ओलीले रिभाइव गर्ने बताएका छन् ।