विपी राजमार्ग पुनःनिर्माणबारे प्रधानमन्त्री-जापानी राजदूतबीच छलफल

विपी राजमार्ग पुनःनिर्माणबारे प्रधानमन्त्री-जापानी राजदूतबीच छलफल


काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत किकुुता युताकाले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा दुुई देशबीचको परम्परागत सम्बन्ध, दुुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको छ ।

भेटका क्रममा बाढी, पहिरोबाट प्रभावित विपी राजमार्ग पुनःनिर्माणमा जापानबाट हुन सक्ने सहयोगका विषयमा पनि छलफल भएको थियो ।