बालुवाटारमा ओली र प्रचण्ड छलफलमा जुटे

बालुवाटारमा ओली र प्रचण्ड छलफलमा जुटे


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा केही समय दुई अध्यक्षबीचको छलफलपछि केन्द्रीय समिति बैठक बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

गत बुधबारदेखि चलिरहेको केन्द्रीय समिति बैठक जारी छ । शनिबारसम्म सदस्यहरुले बोल्ने क्रम सकिएको छ । आइतबार महासचिव विष्णु पौडेल र अध्यक्ष प्रचण्डले बैठकमा उठेका सवालको जवाफ दिने कार्यक्रम छ । यसै विषयमा छलफल गर्ने दुई अध्यक्षबीच छलफल र यसपछि सचिवालय बैठक हुन लागेको हो ।

दुई अध्यक्षबीचको छलफल त्यसपछि सचिवालय बैठक बसी एउटा निचोडमा पुगी केन्द्रीय समिति बैठकमा अध्यक्ष र महासचिव प्रस्तुत हुने तयारीमा छन् । जारी केन्द्रीय समिति बैठक आइतबार १ बजेका लागि डाकिएको छ ।

केन्द्रीय समिति बैठक उद्घाटनमा उपस्थित भएका ओली स्वास्थ्य समस्याका कारण त्यसपछिका बैठकमा उपस्थित छैनन् । तर, आज भने उनी बैठकमा उपस्थित हुने तयारीमा रहेका छन् । अध्यक्ष र महासचिवले जवाफ दिएपछि आजै केन्द्रीय समिति बैठक सकाउने तयारी छ ।