काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका शीर्ष नेताबीच बालुवाटारमा छलफल भइरहेको छ ।
नेकपा अध्यक्षद्व केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच शनिबार बिहान १० बजेबाट छलफल सुरु भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनले दुई राजनीतिक दलबीच समसामयिक विषयमा छलफल भइरहेको बताए ।
यस अगाडिको बैठकले सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीको नाम टुंगो लगाउन सहमति भएको थियो ।
आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुखको चयन हुँदैछ । बैठकमा सभामुखमा अरु कसैको उम्मेदवारी नपरेकोले अग्िन सापकोटा निर्विरोध चयन भएको घोषणा हुनेछ । त्यसपछि उनले सभाको अध्यक्षता गर्ने छन् ।
यसअघि मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने र समर्थन पनि कसैलाई नगर्ने निर्णय गरेको थियो । बलात्कार प्रयासको अभियोग लागेका तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ गते राजीनामा दिएपछि सभामुख पद रिक्त छ ।
यता सभामुख नेकपाले पाएपछि उपसभामुखको दाबी कांग्रेसले गर्दै आएको छ । आजको बैठकमा उपसभामुखबारे छलफल हुने स्रोतले बताए । उपसभामुख डा. शिवमाया तुम्वाहाम्फेले सोमबार राजीनामा दिएकी थिइन् ।
प्रतिक्रिया