काठमाण्डु– कीर्तिपुर नगरपालिकाको मेयर पदमा ५ वटा वडाको मतगणना सकिएको छ । कीर्तिपुरमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायम राखेका छन् ।
११ हजार ३ सय ४९ मतदान भएको कीर्तिपुरमा कांग्रेसका डंगोलले २ हजार ९ सय ३० मत प्राप्त गरेका छन् ।
एमालेका उम्मेदवार सुरेन्द्र मानन्धर २ हजार ३ सय ८४ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका उम्मेदवार शिव शरण महर्जनले २ हजार १ सय १ मत प्राप्त गरेका छन् ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार राजमान महर्जन १ हजार १ सय १३ मत पाएका छन् । कीर्तिपुरमा ३ सय ३५ मत बदर भएको छ ।
प्रतिक्रिया