मन्त्रालय भन्छ : १ करोड ९६ लाख किसानले पाए १ खर्ब ७ अर्ब रुपैयाँ अनुदान

मन्त्रालय भन्छ : १ करोड ९६ लाख किसानले पाए १ खर्ब ७ अर्ब रुपैयाँ अनुदान


काठमाण्डु– कृषि तथा पशुपन्छी मन्त्रालयले किसानलाई १ खर्ब ७ अर्ब रुपैयाँ अनुदान दिएको छ । आइतबार अनुदान विवरण सार्वजनिक गर्दै मन्त्रालयले पछिल्लो ५ वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार रुपैयाँ अनुदान दिएको जनाएको हो ।

आर्थिक वर्ष २०७६–७७ देखि आव २०८०–८१ मा प्रत्यक्ष र अप्रत्यक्ष गरी उक्त रकम अनुदानमा प्रवाह भएको छ ।

जसबाट करिब १ करोड ९६ लाख कृषकहरू लाभान्वित भएका छन् ।

मन्त्रालयबाट सञ्चालित स्वदेशी तथा विकास साझेदारहरूको सहकार्यमा सञ्चालित परियोजना लगायत उखु कृषकलाई प्रोत्साहन अनुदान, कृषि बीमा, पशुपन्छी तथा मत्स्य बीमाको प्रिमियममा लाग्ने रकम मार्फत कृषि सहकारी, कृषि समूह तथा कृषि फर्मलाई वितरण गरिएको अनुदान रकम २० अर्ब ३० करोड ३० लाख १४ हजार र अनुदानित रासायनिक मलमा ८७ अर्ब ३५ करोड ९७ लाख ७३ हजार रुपैयाँ प्रवाह भएको मन्त्रालयले जनाएको छ ।