कृषि क्षेत्रमा सहयोग तथा सहकार्यका लागि नेपाल र भारतबिच समझौता

कृषि क्षेत्रमा सहयोग तथा सहकार्यका लागि नेपाल र भारतबिच समझौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– कृषि क्षेत्रमा सहयोग र सहकार्यका लागि नेपाल र भारतबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी र भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

यो सम्झौताले दुई देशहरू बिचको निरन्तर सहकार्यलाई सुदृढ पार्ने लक्ष्य राखेको छ ।

यस सम्झौताले विशेष गरी बाली उत्पादकत्वमा सुधार, पोष्ट हार्भेष्टको व्यवस्थापन र बजारीकरणका साथै जलवायु उत्थानशीलता र दिगो कृषि जस्ता क्षेत्रहरूमा हाल जारी रहेको सहयोगलाई नयाँ प्रेरणा दिने अपेक्षा गरिएको छ ।

बुधबार काठमाडौँमा आयोजित तेस्रो बिमस्टेक कृषि मन्त्रीस्तरीय बैठकमा सहभागिता जनाउन नेपाल आएका मन्त्री चौहानले कृषि र खाद्य सुरक्षाको क्षेत्रमा क्षेत्रीय वृद्धि र सहयोगलाई बढावा दिनको लागि बिमस्टेकको भूमिकालाई पुनः पुष्टि गरेको उल्लेख गरेका छन् ।