कृषि, उर्जा र जीवीकोपार्जनमा परिवर्तन ल्याउने गरि सिंचाईमा काम हुन्छः मन्त्री पुन

कृषि, उर्जा र जीवीकोपार्जनमा परिवर्तन ल्याउने गरि सिंचाईमा काम हुन्छः मन्त्री पुन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले कृषि, उर्जा र जीवीकोपार्जनमा परिवर्तन ल्याउने गरि पानीको बृहत र विषेश परियोजनामा ध्यान दिने बताएका छन् ।

‘हाम्रो सरकारले कृषि, उर्जा र जीवीकोपार्जनमा परिवर्तन ल्याउने गरि पानीको बृहत परियोजनामा ध्यान दिनेछ ।’ उनले भने, ‘हाम्रो मन्त्रालयले यस्ता परियोजनाको विकाशमा विषेश ध्यान दिनेछ, जसले आर्थिक विकाश र समृद्ध नेपाल बनाउन मद्धत गर्छ । ’
अन्तराष्ट्रिय सिँचाइ तथा जल निकास नियोग (आइसिआइडी) को ८ औं एसियाली क्षेत्रीय सम्मेलनको समापन कार्यक्रममा बोल्दै मन्त्री पुनले सो कुरा बताएका हुन् ।

उनले नेपालामा अहिले संक्रमणकालिन अवस्थामा परिवर्तन आएको बताउँदै नयाँँ सरकार आर्थिक बृद्धितर्फ लागेको बताए । मन्त्री पुनले नेपाली संविधानमा कृषिलाई विषेश स्थान दिइएको बताउँदै कृषिलाई व्यवसायिक बनाउन र कृषिजन्य उत्पादनको बृद्धि गर्न आवश्यक भएको बताए ।उनले यसको लागि संविधानले राज्यको तीनै तह, स्थानीय, संघ र प्रदेशमा सिंचाई र कृषिलाई विषेश कर्तव्य र अधिकार दिइएको र यसको कार्यन्वयन गर्नपर्ने बताए ।

मन्त्री पुनले जलबायु परिवर्तनको सवालमा बोल्दै खाना, पानी, जमिन र उर्जा सबै क्षेत्रमा यसको सन्तुलनको आवश्यकता भएको बताए ।
मन्त्री पुनले नेपाल जस्तो विकाशशील मुलुकमा कृषिले ठूलो हिस्सा ओगटेका तर उच्च प्रविधि, अत्यावश्यक प्रविधि, पानीको प्रयोगमा प्रविधिको कमी जस्ता समस्या नेपाली कृषकले भोगीरहेको उल्लेख गरे ।

मन्त्री पुनले यो छलफलले विकाशशील मुलुकका साना कृषकहरुले सिंचाइबाट कसरी सुविधा पाउन सक्छन् भन्नेबारे केही ज्ञान दिने धारणा व्यक्त गरे । उनले सिंचाइ क्षेत्रमा व्यापक सफलता पाउन सिंचाइ र पानीको स्रोतको परियोजनाको कार्यन्वयन र नीजि र सार्वजनिक क्षेत्रमा व्यापक छलफल गर्नु आवश्यक भएको बताए ।

उर्जामन्त्री पुनले यो सम्मेलनमा विभिन्न विचार, अवधारणा, चुनौती र समाधानको उपायबारे विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिविच छलफल हुँदा निकै खुसी लागेको बताए ।