काठमाडौं – गाउँपालिकाका अध्यक्ष ८ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । जाजरकोट जुनिचाँदे गाउँपालिका अध्यक्ष कृष्ण बहादुर केसीलाई ८ लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयको टोलीले रंगेहात पक्राउ गरेको हो ।
अख्तियारको टोलीले उनलाई शुक्रबार सुर्खेतबाट पक्राउ गरिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।
प्रतिक्रिया