सभामुखमा महरा निर्विरोध निवार्चित (राजनीतिक यात्रासहित)

सभामुखमा महरा निर्विरोध निवार्चित (राजनीतिक यात्रासहित)


काठमाडौं – प्रतिनिधिसभा सभामुखमा कृष्णबहादुर महरा निर्विरोध निवार्चित भएका छन् । सभामुखका लागि उनको मात्र उम्मेदवारी परेको हो । औपचारिक घोषणा भने भोलि हुनेछ । महराले संविधान कार्यान्वयन चुनौतीपूर्ण रहेको र धेरै कानुनहरु बनाउनु पर्ने भएकाले त्यसमा आफ्नो भूमिका रहने बताए ।

महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ छन् भने समर्थकमा माओवादी प्रमुख सचेतक देव गुरुङ छन् । उम्मेदवारी दर्ता गर्दा माओवादी अध्यक्ष प्रचण्ड, एमाले उपमहासचिव विष्णु पौडेलसहितका नेताहरु उपस्थित थिए । माओवादी केन्द्रले शुक्रबार विहान मात्र महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

यस्तो छ महराको राजनीतिक यात्रा

तत्कालीन संयुक्त जनमोर्चा नेपालको तर्फबाट २०४८ सालमा रोल्पा क्षेत्र नम्बर २ बाट निर्वा्चित भएका महराले कहिल्यै पछाडि फर्किनु परेन । उनले २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा दाङ–३ बाट अत्यधिक मतले जीत हात पारेका थिए भने दोस्रो संविधानसभा निर्वाचनमा रोल्पा–२ बाट फेरि विजयी भए । प्रतिनिसभा तथा प्रदेशसभा निर्वाचनमा पुनः दाङ–२ बाट उम्मेदवारी दिएका महरा भारी मतान्तरले विजयी भए ।

२०४८ सालमा उनीसँगै प्रतिनिधिसभामा विजयी हुने ९ जना सांसदमध्ये अहिलेसम्म निरन्तर जीत हात पार्ने नेता हुन् महरा । लामो समयसम्म संसदीय राजनीतिलाई नजिकबाट नियालेका महरा हरेक संवेदनशील राजनीतिक मोडहरूमा संयोजनकारी र समन्वयकारी भूमिकामा देखिन्छन् । विपक्षीलाई समेत समेटेर अगाडि बढ्ने स्वभाव भएका पाको र परिपक्व नेतालाई मुलुकले सभामुखमा प्राप्त गरेको छ ।

स्व. रविचन्द्र महरा र स्व. समुन्द्रदेवी महराको कोखमा २०१५ असार १५ गते रोल्पाको लिवाङ–७ धारापानीमा जन्मिएका हुन् महरा । बालकल्याण उच्च माध्यमिक विद्यालय रोल्पाबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका महराले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट विज्ञान संकायमा प्रवीणता प्रमाणपत्र तह पूरा गरेका थिए । त्यसपछि त्रिभुवन विश्वविद्यालय पोखराबाट शिक्षाशास्त्रबाट स्नातक तह उत्तीर्ण गरेका थिए ।

लामो समयसम्म संसदीय राजनीतिलाई नजिकबाट नियालेका महरा हरेक संवेदनशील राजनीतिक मोडहरूमा संयोजनकारी र समन्वयकारी भूमिकामा देखिन्छन् ।

महरा २०३५(०३६ सालको विद्यार्थी आन्दोलनमा संलग्न भई राजनीतिमा सक्रिय भएका हुन् । २०३६ सालदेखि २०३९ सालसम्म नेपाल राष्ट्रिय शिक्षक संगठन रोल्पाको सचिव र केन्द्रीय प्रतिनिधिको जिम्मेवारी निर्वाह गरेका महराले २०३७ सालमा तत्कालीन नेकपा चौथो महाधिवेशनको पार्टी सदस्यता प्राप्त गरेका थिए । सोही सालमै पार्टीको रोल्पा जिल्ला सदस्य बनेका महराले २०३९ देखि ४१ सालसम्म अनेरास्ववियूको आठौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य, केन्द्रीय उपाध्यक्ष, पृथ्वी नारायण क्याम्पस पोखराको स्ववियु कोषाध्यक्षको जिम्मेवारी समेत कुशलतापूर्वक निर्वाह गरेका थिए ।

सामाजिक काममा उत्तिकै सक्रिय रहने महरा २०४१ देखि २०४५ सालसम्म नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाको मन्त्रीको रुपमा समेत क्रियाशील रहे । २०३६ देखि २०४८ सालसम्म विज्ञान र गणित शिक्षकको रुपमा १० वर्ष शिक्षण पेशामा खर्चिएका महरा २०४८ सालदेखि नेकपा मशाल रोल्पा जिल्ला सेक्रेटरीको जिम्मेवारीमा रहे । २०४८ को आमनिर्वाचनमा तत्कालीन संयुक्त जनमोर्चा नेपालको तर्फबाट रोल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित भए । उनी २०५० मा संयुक्त जनमोर्चा नेपालको संसदीय दलको नेता समेत भएका थिए ।

महरा २०५० सालमा तत्कालीन नेकपा एकता केन्द्रको क्षेत्रीय संगठन समितिको सदस्यको जिम्मेवारी निर्वाह गरेका थिए । २०५१ सालमा तत्कालीन नेकपा माओवादीको पश्चिमाञ्चल क्षेत्रीय ब्युरो सदस्य बनेका महरा जनयुद्धको प्रारम्भिककाल २०५३ असारमा माओवादीको केन्द्रीय सदस्य बन्न सफल भएका थिए । केन्द्रीय सदस्य भएको २ वर्षपछि २०५५ सालमै महरा पोलिटब्यूरो सदस्य बने ।

२०५८ सालमा माओवादी र तत्कालीन सरकारसँग पहिलो वार्ता हुने भयो । सरकार–माओवादी वार्ताका क्रममा पहिलो वार्ता टोलीको नेतृत्व गर्दै संयोजक भएर सरकारसामु प्रस्तुत भए महरा ।

जनयुद्धले उचाई र सफलता प्राप्त गरिरह्यो भने महराको राजनीतिक यात्रा पनि उकालो लाग्दै गयो । २०५८ सालमा माओवादी र तत्कालीन सरकारसँग पहिलो वार्ता हुने भयो । सरकार–माओवादी वार्ताका क्रममा पहिलो वार्ता टोलीको नेतृत्व गर्दै संयोजक भएर सरकारसामु प्रस्तुत भए महरा । पहिलो वार्ता भाँडिएपछि दुबै पक्ष युद्धमा होमिए । पुनः २०६० सालमा तत्कालीन सरकारसँग वार्ता हुने भयो । २०६० मा दोस्रो वार्ता टोलीको सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ताका रुपमा सार्वजनिक भए महरा।

भद्र र शालीन व्यक्तित्वका धनी महरा २०६२ सालमा माओवादीको स्थायी समिति सदस्य बने । २०६२ असोजमा माओवादीको सेक्रेटारियट सदस्य बनेका महराले २०६३ सालमा तत्कालीन सरकारसँग वार्ताको लागि गठित तेस्रो वार्ता टोलीको संयोजक भएर माओवादी पक्षको नेतृत्व गरे । नेपालको शान्तिप्रक्रिया, द्वन्द्व व्यवस्थापन, हतियार व्यवस्थापन, सेना समायोजन लगायतका काममा कुशलतापूर्वक भूमिका निर्वाह गरेका महरा २०६३ पुसमा अन्तरिम संविधान जारीपछि निर्मित अन्तरिम व्यवस्थापिका–संसदको सदस्य तथा माओवादी संसदीय दलको नेताको जिम्मेवारी बहन गरे । २०६३ चैतमा अन्तरिम सरकारको सूचना तथा सञ्चार मन्त्री र सरकारको प्रवक्ता बनेका महरा २०६४ चैतमा सम्पन्न संविधानसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट भारी मतान्तरसहित संविधानसभा सदस्यमा निर्वा्चित भए ।

२०६५ भदौमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पहिलो निर्वा्चित गणतान्त्रिक सरकारको सूचना तथा सञ्चार मन्त्री तथा सरकारको प्रवक्ताको जिम्मेवारी निर्वाह गरेका थिए महराले । २०६५ सालमा पार्टी एकता भएपछि एकीकृत नेकपा माओवादीको स्थायी समिति सदस्यका रुपमा क्रियाशील रहे । २०६६ सालमा एकीकृत नेकपा माओवादीको अन्तर्रा्ष्ट्रिय ब्युरोको इन्चार्जको जिम्मेवारी पनि थपिएको थियो ।

नेपालको शान्तिप्रक्रिया, द्वन्द्व व्यवस्थापन, हतियार व्यवस्थापन, सेना समायोजन लगायतका काममा कुशलतापूर्वक भूमिका निर्वाह गरेका महरा २०६३ पुसमा अन्तरिम संविधान जारीपछि निर्मित अन्तरिम व्यवस्थापिका–संसदको सदस्य तथा माओवादी संसदीय दलको नेताको जिम्मेवारी बहन गरे । २०६३ चैतमा अन्तरिम सरकारको सूचना तथा सञ्चार मन्त्री र सरकारको प्रवक्ता बनेका महरा २०६४ चैतमा सम्पन्न संविधानसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट भारी मतान्तरसहित संविधानसभा सदस्यमा निर्वा्चित भए ।

२०६७ सालमा एकीकृत नेकपा माओवादीका तर्फबाट नेपाल सरकारको उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका महरा २०६९ मा एकीकृत नेकपा माओवादीको सातौं राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य तथा केन्द्रीय संगठन विभाग प्रमुख बने । २०६९ को अन्तरिम चुनावी मन्त्रिपरिषद् निर्माणका लागि राजनीतिक सहमतिपत्र तथा अन्तरिम संविधान बाधा अड्काउ फुकाउ आदेश मस्यौदा निर्माण कार्यदलका सदस्य रहेका महरा २०६९ सालमा एकीकृत नेकपा माओवादीको सातौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य तथा केन्द्रीय संगठन विभाग प्रमुख र मध्य ब्यूरो इञ्चार्जको भूमिका निर्वाह गरे ।

२०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा रोल्पा क्षेत्र नम्बर १ बाट निर्वा्चित भएका महरा २०७१ एकीकृत नेकपा माओवादीको महासचिव निर्वा्चित भए । २०७३ सालमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री बनेका महराले फेरि २०७४ सालमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हाले । २०७३ देखि हालसम्म पार्टी केन्द्रीय कार्यालय सदस्यको भूमिकामा उनी क्रियाशील छन् ।