माअ‍ोवादी केन्द्रबाट कृष्णबहादुर महराले दिए राजीनामा

माअ‍ोवादी केन्द्रबाट कृष्णबहादुर महराले दिए राजीनामा


काठमाडाैँ – सभामुख कृष्णबहादुर महराले नेकपा माओवादी केन्द्रबाट राजीनामा दिएका छन् । बुधबार आयोजित पत्रकार भेटघाटमा महराले आफूले गत फागुन २७ गते नै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएकाे दावी गरेका हुन् ।

सभामुख महराले आगामी वैशाखको अन्तिम साता शुरु हुने संसदको अधिवेशनलाई प्रभावकारी बनाउने दाबीसमेत गरे । ‘यसअघि संसदको पहिलो र उद्घाटन अधिवेशन भएकाले सामान्य भयो,’ सभामुख महराले भने, ‘संसदको आगामी अधिवेशनबाट कामकारवाहीलाई प्रभावकारी बनाउँछौं,’ उनले भने ।

साथै महराले दुई वर्षभित्र संसदको आफ्नै भवन बनिसक्ने पनि बताए । संसद भवन सिंहदरबारभित्र पुतली बगैँचामा बनाउन लागिएको छ । आफ्नै भवन नहुँदा संघीय संसद अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्रको भवनमा भाडामा सञ्चालन हुँदै आएको छ ।