प्रदेश सभामुख अधिकारीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे सभामुख महरा

प्रदेश सभामुख अधिकारीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे सभामुख महरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा प्रदेश नम्बर ४ का सभामुख नेत्रनाथ अधिकारीको स्वास्थ्यअवस्था बुझ्न अस्पताल पुगेका छन्।

शौचालयमा लडेर घाइते भएका प्रदेश सभामुख अधिकारीलाई भेट्न महरा ललितपुरको भैंसेपाटीमा रहेको मेडिसिटी अस्पताल पुुगेका हुन्,
सो अवसरमा उनले अधिकारको स्वास्थ्यलाभको कामना गरे।

डाक्टरहरुले खतरामुक्त भएको बताएको भन्दै अधिकारीलाई महराले आफूहरु साथमा रहेको भन्दै नआत्तिन आग्रह गरे। उपचारमा सक्रिय डाक्टरहरुले अधिकारी खतरामुक्त रहेको र उपचार चलिरहेको सभामुख महरालाई बताएका थिए।

सभामुख महराले अधिकारीको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई आग्रह गरेका छन्। सभामुख महरासँगै उपसभामुख शिवमाया तुम्बाहाम्फे पनि अस्पताल पुगेकी थिइन्।