प्रधानमन्त्रीको भ्रमण तयारी : कार्यभार सम्हाल्न बेइजिङ पुगे राजदूत ओली

प्रधानमन्त्रीको भ्रमण तयारी : कार्यभार सम्हाल्न बेइजिङ पुगे राजदूत ओली


काठमाण्डु– चीनका लागि नेपालका राजदूत प्रा.डा. कृष्णप्रसाद ओलीले बेइजिङस्थित दूतावासमा पुगेर आफ्नो कार्यभार सम्हालेका छन् ।

सरकारको सिफारिसपछि संसदीय सुनुवाइबाट अनुमोदित भएका ओली राष्ट्रपतिबाट नियुक्त भएपछि हतार हतारमा बेइजिङ पुगेर आफ्नो कार्यभार सम्हालेका हु्न् ।

प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राना देउवाको सम्मुखमा रहेका भ्रमणलाई मध्यनजर गर्दै राजदूत ओली हतार हतारमा बेइजिङ पुगेका हुन् ।

परराष्ट्रमन्त्री २९ नोभेम्बरमा प्रधानमन्त्री ओलीको भ्रमणको तयारी गर्न बेइजिङ जाँदैछिन् । प्रधानमन्त्री ओली चीनका प्रधानमन्त्रीको निमन्त्रणामा आगामी डिसेम्बर २ देखि ६ तारिकसम्म चीनको भ्रमणमा जाँदैछन् ।

त्यसको तयारीका लागि राजदूत ओली हतार–हतारमा कार्यभार सम्हाल्न बेइजिङ पुगेका हुन् । राजदूत ओलीले यही हप्ता चिनिया परराष्ट्र मन्त्रालयका ‘चिफ अफ प्रोटोकल’लाई आफ्नो ओहदाको प्रमाणपत्र बुझाउँदैछन् ।