एमाले सुुदूरपश्चिम अध्यक्षमा जैशीको सम्भावना बलियो, २ जनाको उम्मेदवारी फिर्ता

एमाले सुुदूरपश्चिम अध्यक्षमा जैशीको सम्भावना बलियो, २ जनाको उम्मेदवारी फिर्ता


धनगढी – नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी निर्वाचित हुने सम्भावना बलियो बनेको छ ।

अध्यक्षमा मुख्य प्रतिस्पर्धी मानिएका कमल तिमिल्सिना र वचनबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएसँगै जैशीको सम्भावना बलियो बनेको हो ।

सुदूरपश्चिमका केन्द्रीय नेताहरूले सहमतिको प्रयास गरेर दुवै जनाको उम्मेदवारी फिर्ता गर्न सहमत गराएका हुन् । अध्यक्षमा ४ जनाले उम्मेदवारी दिएकोमा अब जैशी र भरत साउँदको उम्मेदवारी कायम छ । सर्वसम्मतिको प्रयास गरिरहेका अधिकांश नेताहरू जैशीको पक्षमा छन् ।

नेताहरूले साउँदलाई पनि फिर्ता गराएर सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरेका छन् । उनले फिर्ता नलिए जैशी र साउँदबीच चुनाव हुने जनाइएको छ ।

अन्य पदाधिकारी पदमा पनि सहमति गराउन फिर्ता गर्ने/गराउने कार्य चलिरहेको छ । सहमतिकै प्रयास स्वरूप निर्वाचन कार्यतालिका परिवर्तन गर्दै उम्मेदवारी फिर्ता लिने समय बढ्दै गइरहेको छ ।