पूर्वकमलहरी कृष्णी थारु बनिन् उपसभामुख

पूर्वकमलहरी कृष्णी थारु बनिन् उपसभामुख

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल– कुनै बेला दासत्वको जीवन (कमलहरी जीवन) गुजारेकी कृष्णी थारु प्रदेश नम्बर ५ को उपसभामुखमा निर्वाचित भएकी छिन्।

गत मंसिरमा भएको निर्वाचनमा एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थारूलाई एमालेसहित माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय

जनमोर्चासहितले समर्थन गरेपछि उपसभामुख बनेकी हुन्।

उनी ६६ मत ल्याएर निर्वाचित भएकी हुन् । उपसभामुद पदमा दुई जनाको उम्मेदवारी परेको थियो।

संसदमा उपस्थित ८५ सांसदमध्ये थारुको पक्षमा ६६ र विपक्षमा १९ मत परेको छ । उपसभामुखका लागि एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट कृष्णी थारु र

कांग्रेसकी रिना रिना खनाल विकले उम्मेदवारी दिएका थिए ।