काठमाण्डु– कीर्तिपुरको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलको अग्रता कायमै रहेको छ ।
नेकपा एमालेका उम्मेदवारभन्दा ३६० मतले अगाडि रहेका डंगोलले २ हजार ४२१ मत प्राप्त गरेका छन् ।
एमाले उम्मेदवार डा. सुरेन्द्र मानन्धरले २ हजार ६१ मत प्राप्त गरेका छन् ।
यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा शिवशरण महर्जनले १ हजार ६७४ मत प्राप्त गरेका छन् भने स्वतन्त्रका राजमान महर्जनले ९६५ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया