भोलिका प्रदर्शनकारीलाई काठमाण्डु महानगरको अनुरोध : जात्रा प्रभावित नगर्नू

भोलिका प्रदर्शनकारीलाई काठमाण्डु महानगरको अनुरोध : जात्रा प्रभावित नगर्नू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भोलि शुक्रबार राजधानीमा प्रदर्शन गर्ने कार्यक्रम रहेका बेला काठमाण्डु महानगरपालिकाले काठमाण्डुमा मनाइने महत्त्वपूर्ण जात्रा पाहाँचन्हेलाई अवरोध हुने गरी कुनै पनि सभा र सम्मेलन जस्ता कार्यक्रम नगर्न अनुरोध गरेको छ ।

बिहीबार महानगर प्रहरी बलले सामाजिक सञ्जालमार्फत गर्दै जात्रालाई प्रभावित हुने कार्यक्रमहरू नगर्न अनुरोध गरेको छ ।

प्रहरीले काठमाण्डुको यतखा, कोठाननी, यतखा, तमोगल्ली, भण्डार, मजाःदेयगःमरू, बसन्तपुर, ढोकाटोल, चसान, लाखःगल्ली, दमाई टोल, क्लब छँय, सुन्तागल्ली, मुगल्ली, कँकेश्वरी मन्दिर लगायतका स्थानमा सभा र कार्यक्रम नगर्न अनुरोध गरेको छ ।

महानगर प्रहरीले भनेको छ –

जात्रा सञ्चालनमा मार्गमा राजनीतिक कार्यक्रमबाट अवरोध नगर्न राजनीतिक दलहरुलाई र वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन गर्न सवारी चालकहरूलाई अनुरोध !

काठमाडौं महानगरपालिकाभित्र मनाइने महत्त्वपूर्ण जात्रा पाहाँचर्‍हे जात्रा ११४५ (२०८१ साल चैत १५ गते) यट्खा, कोठाननी, तमोगल्ली, भण्डार, मजाःदेयगःमरू, बसन्तपुर, ढोकाटोल, चसान, लाखःगल्लि, दमाईटोल, क्लब छँय, सुन्तागल्लि, मुगल्लि, कँकेश्वरी मन्दिर लगायतका स्थानहरूमा सञ्चालन हुने भएकोले उक्त दिन, उक्त स्थानहरुमा जात्रालाई अवरोध पुर्‍याउने कुनै पनि सभा, सम्मेलन वा अन्य कार्यक्रम नगर्नु/नगराउनु हुन अनुरोध छ ।

साथै, जात्राको रूटलाई सहज बनाउन तथा आवागमन व्यवस्थित बनाउन सवारी चालकहरूले उक्त स्थानको सट्टा वैकल्पिक मार्ग प्रयोग गरेर जात्रा सञ्चालनमा सहयोग गरिदिनुहुन समेत अनुरोध छ ।

काठमाण्डु महानगरपालिका
नगर कार्यपालिकाको कार्यालय