काठमाडौंमा बिजोर नम्बरका सवारी मात्र चल्दा यात्रुलाई सास्ती

काठमाडौंमा बिजोर नम्बरका सवारी मात्र चल्दा यात्रुलाई सास्ती


काठमाडौं – बिहीबारबाट सुरु हुने बिमस्टेक चौथो शिखर सम्मेलनका लागि काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले आजदेखि जोर बिजोर प्रणाली अनुसार यातायात सञ्चालन गराएको छ ।

यही बिहीवार र शुक्रवार हुन लागेको बिमस्टेक शिखर सम्मेलनको सुरक्षाका लागि सरकारले तीन दिनका लागि राजधानीका सडकमा जोर(बिजोर प्रणाली लागू गरेको छ । यसक्रममा १३ र १५ गते बिजोर र १४ गते जोर नम्बरका सवारी साधनमात्र चल्न पाउनेछन् । बुधवार बिजोर नम्बरका सवारी मात्रै गुड्न दिइएपछि यात्रुहरू सीमित सवारी साधनमा कोचिएर यात्रा गर्न बाध्य छन् ।

यसक्रममा ट्याक्सीहरूले तेब्बर भाडा लिँदा आकस्मिक रूपमा बाहिर निस्केका यात्रु र बिरामीहरू झनै मर्कामा परेका छन् । आज प्लेट नम्बरको अन्तिक अंक बिजोर अंक भएका सवारीसाधन मात्र सञ्चालन गर्न पाइने भएकाले यात्रुहरू समस्यामा परेका छन्। ठाउँ ठाउँमा चेकजाँचसमेत कडाइ गरिएको छ भने ट्राफिक जाम पनि उत्तिकै बढेको छ।