काठमाण्डु- काठमाण्डु उपत्यकाको फोहोर बोकेका १४ वटा ट्रिपरमाथि सिसडोल–बञ्चरेडाँडाका स्थानीयले तोडफोड गरेका छन् ।
मंगलबार आफूहरूसँगको सम्झौतालाई बेवास्ता गरिएको र आइन्दा फोहोर नल्याउनु भने पनि अटेर गरेको भन्दै काठमाण्डु महानगरपालिकाको फोहोर बोकेका ट्रिपरमाथि तोडफोड गरेका हुन् ।
यसअघि स्थानीयसँग काठमाण्डु महानरले गरेको सहमतिमा मानव बस्तीलाई फोहोरबाट अलग गर्ने भनिएको थियो । तर उक्त सहमति कार्यान्वयन नगरिएको भन्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले भदौ १ गतेदेखि फोहोर फ्याँक्न नदिने चेतावनी दिएको थियो । फोहोर व्यवस्थापनमा सहजता नहुँदा काठमाण्डु महानगरपालिकामा फोहोर भरिन थालेको छ ।
प्रतिक्रिया