जहाजमा यात्रा गर्दा डर लाग्छ भने अब ढुक्क हुनुहोस उपत्यकामा दुई नयां राडार थपिएपछि उडान सुरक्षित हुने

जहाजमा यात्रा गर्दा डर लाग्छ भने अब ढुक्क हुनुहोस उपत्यकामा दुई नयां राडार थपिएपछि उडान सुरक्षित हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–हवाई उडानलाई थप व्यवस्थित र सुरक्षित बनाउने उदेश्यले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल  तथा ललितपुरको भट्टेडँडामा दुइ वटा नयां राडार जडान गरिएको छ ।

 

 

 

देशका अधिकांश भूभागलाई समेट्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ राडार जडान गरे पछि देशभरिको उडान थप सुरक्षित हुने भएको हो ।

 

जडान कार्य सकिएपछि देशकै व्यस्त त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आवत जावत गर्ने सम्पूर्ण विमानको अवस्था जानकारी पाउन सहज हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाउको छ ।

 

आगामी नोभेम्बर १६ र १ ड मा संयुक्त राज्य अमेरिकाबाट फेडरल एभिएसन एड्मिनिस्ट्रेसनबाट जहाज ल्याएर नयां राडारको लाइट क्यालिब्रेसन गरी नयां राडारको चेकजाँच पूरा भएपछि सञ्चालनमा आउने प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिए । आजको नेपाल समाचारपत्रमा खबर छ ।