काठमाडौंमा जनसभा गर्दै विप्लव नेतृत्वको नेकपा

काठमाडौंमा जनसभा गर्दै विप्लव नेतृत्वको नेकपा


काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंसिर ८ गते काठमाडौँमा जनसभा गर्ने भएको छ । उक्त पार्टीले राष्ट्रिय स्वाधीनता, जनतन्त्र, जनजीविका र सरकारको वार्ता-चर्चाबारे पार्टी नीति सार्वजनिक गर्न उक्त सभा गर्न लागेको जनाएको छ ।

सरकाले उक्त पार्टीका नेताहरुलाई गिरफ्तार गर्ने क्रम रोकेसँगै जनसभा गर्न लागेको हो । यसअघि पक्राउ परेका नेताहरु धमाधम छुटिरहेका छन् । नेकपाले जनसभा प्रयोजनको लागि तयार गरिएको पोस्टर सार्वजनिक गरेको छ ।