आज कति छ काठमाडौँको तापक्रम?

आज कति छ काठमाडौँको तापक्रम?


काठमाण्डु – जल तथा माैसम पुर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेकाे छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले गण्डकी प्रदेशका पहाडी भागमा पनि कुहिरो लागेको जल तथा माैसम पुर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने छ भने राति सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहने छ।

त्यस्तै बुधबार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस मापन भएको छ । मंगलबार ५.४ डिग्री सेल्सियस मापन भएको थियो।

बिहीबार बिहान तराई तथा काठमाडौं उपत्यका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ।