सुनसान बन्दै काठमाडौं उपत्यका, बाईस लाख मानिस बाहिरिए

सुनसान बन्दै काठमाडौं उपत्यका, बाईस लाख मानिस बाहिरिए


काठमाडौं – काठमाडौंबाट दशैं मनाउन मानिसहरु आ आफ्नो घर गएका कारण उपत्यका अहिले सुनसान बन्दै गएको छ। दशैंका लागी अहिलेसम्म काठमाडौंबाट २१ लाख भन्दा बढी यात्रु बाहिरिएका छन् ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा सो सङ्ख्यामा यात्रु बाहिरिएका हुन् । स्थलमार्गबाट मात्रै २२ लाख यात्रु बाहिरिएको महाशाखाको भनाइ छ ।

टाढाटाढाका यात्रु बाहिरिए पनि काठमाडौँ आसपासका सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङलगायत जिल्लाका सर्वसाधारण आज पनि काठमाडौँबाट बाहिरिदै गरेको महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले जानकारी दिए । दशैँभर काठमाडौँबाट करीब २४ लाख मानिस बाहिरिने उनको भनाइ छ ।

काठमाडौँबाट २२ लाख मानिस बाहिरिएसँगै विगत दुई दिनदेखि काठमाडौँको चहलपहल घटेको छ भने सार्वजनिक यातायातका साधनसमेत कम चल्न थालेका छन् । अहिले काठमाडौँका प्रायः सडक र पसल सुनसान देखिएका छन् ।