नया गाडी हुदा हुदै काठमाडौंका मेयर र उपमेयरले किने विलासी गाडी

नया गाडी हुदा हुदै काठमाडौंका मेयर र उपमेयरले किने विलासी गाडी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं– काठमाण्डौं महानगरपालिकाका मेयर र उपमेयरले विलासी गाडी किनेको खुलासा भएको छ । मेयरमा चुनाव जितेलगत्तै जनप्रतिनिधिका लागि महंगो मोबाइल किन्ने निर्णय गरेर विवादमा तानिएका मेयर विद्यासुन्दर शाक्यले आफना लागि छुट्टै बिलासी गाडी किनेको खुलासा भएको हो । उनि नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका हुन ।

 

काठमाडौंको ढलमा पुरेर बालिकाको मृत्यु भएपछि सड्कका खाल्डा खुल्डी पुर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिदा जनताको करबाट तिरेको पैसाबाट खाल्डोखुल्डी नपुर्ने वक्तव्य दिएपछि मेयर शाक्य विवादमा आएका थिए । उनि मेयरमा जितेको लामो समय भइसक्दा पनि जनताको हितमा काम गर्न नसकेको भन्दै एमालेभित्रै पनि उनको विरोध सुरु भएको छ ।

मेयर शाक्यसंग चार वर्षअघि मात्र ल्याइएको निसानको नया गाडी हुदा हुदै  १ करोड २० लाख मूल्यको टोयोटाको ‘फच्र्यूनर’ गाडी किनिएको छ । भन्सार छुटाएर ल्याइएको गाडी अहिले राष्ट्रिय सभागृह परिसरमा राखिएको छ । त्यसैगरी उपमेयर हरिप्रभा खड्कीको लागी कण्डिसनकै गाडी हुदाहुदै करिव ९० लाखको नया गाडी किन्ने निर्णय भएको छ । यो वर्ष गाडी खरिदका लागी मात्रै महानगरले ७ करोड बजेट छुटयाएको खुल्न आएको  छ ।