काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट गर्न समिति गठन

काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट गर्न समिति गठन


काठमाण्डु– सरकारले काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपति छनोट गर्न समिति गठन गरेको छ ।

अहिलेका उपकुलपति प्रा.डा. भोला थापाको ४ वर्षे कार्यकाल आगामी माघ ६ गते सकिने भएकाले उपकुलपति छनोट समिति गठन गरिएको हो ।

कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको विश्वविद्यालय सभाले समिति गठन गरेको हो ।

संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको संयोजकत्व रहेको समितिमा विश्वविद्यालयका अध्यक्ष प्रा.डा.अर्जुन कार्की र पूर्व शिक्षा सचिव जनार्दन नेपाल सदस्य छन् ।