काठमाण्डु – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
घिसिङलाई २०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेकोमा पछिल्लोपटक उनलाई हटाउन पटक–पटक स्पष्टीकरण सोधिएको थियो ।
डेडिकेटेड र ट्रंक लाइनका कारण विवादित बनेका घिसिङ उद्योगहरूको लाइन काट्न खोज्दा सरकारसँग जुधेका थिए ।
कुलमानलाई बर्खास्त गर्दै सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।
प्रतिक्रिया