काठमाण्डु– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएको विरोधमा युवाहरूले प्रदर्शन गरेका छन् ।
मंगलबार काठमाडौंको माइतीघर मण्डलामा स्वतन्त्र नागरिकको तर्फबाट उनीहरूले प्रदर्शन गरेका हुन् ।
माइतीघरमा संलग्न प्रदर्शनकारीहरूले ‘जाग्यो जाग्यो जनता अति भयो अब त ’, ‘उज्यालो नेपाल जिन्दावाद’, ‘कुलमान घिसिङ जिन्दावाद’ लगायतका नारा लगाएका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।




प्रतिक्रिया