सरकारविरुद्ध सर्वाेच्च अदालतमा कुलमानको निवेदन, भोलि अध्ययन हुने

सरकारविरुद्ध सर्वाेच्च अदालतमा कुलमानको निवेदन, भोलि अध्ययन हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त गरिएका कुलमान घिसिङ सरकारको निर्णयविरुद्ध सर्वाेच्च अदालत पुगेका छन् ।

पदमुक्त भएका घिसिङले वारेसमार्फत अदालतमा रिट निवेदन पेश गरेका छन् । उनको निवेदनबारे सर्वोच्च प्रशासनले भोलि बिहीबार अध्ययन गर्नेछ ।

घिसिङले वारेसमार्फत पठाएको निवेदन बुधबार साँझ ५ बजेतिर पुगेकाले बिहीबार अध्ययन गरेर थप प्रक्रिया अघि बढाइने सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।

घिसिङले अधिवक्ता लोकमणि पोखरेल वारेसमार्फत अदालतमा रिट निवेदन पठाएका छन् । रिटमा घिसिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा मन्त्रालय लगायतलाई विपक्षी बनाएका छन् ।