कुलमानलाई कार्यकारी राष्ट्रपति बनाउ भन्दै माइतीघरमा प्रदर्शन (तस्वीरहरु)

कुलमानलाई कार्यकारी राष्ट्रपति बनाउ भन्दै माइतीघरमा प्रदर्शन (तस्वीरहरु)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– कुलमान घिसिङको पुनर्बहालीको माग गर्दै आइतबार पनि काठमाण्डुमा प्रदर्शन भएको छ ।

माइतीघर मण्डलामा आफूहरूलाई स्वतन्त्र नागरिक बताउने कुलमानका समर्थकहरूले विभिन्न ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

‘उज्यालो नेपालका नायक कुलमान घिसिङ’ प्रिन्ट भएको टिसर्ट लगाएका उनीहरुले ‘प्राधिकरणमाथिको राजनीति बन्द गर, ‘देशको शान कुलमान घिसिङ’ पूरा नेपाल झलमल छ, जनताको मनमा कुलमान छ, , लगायतका प्लेकार्ड बोकेका थिए भनेका थिए ।

यस्तै प्रदर्शनमा क्ुलमान घिसिङलाई कार्यकारी राष्ट्रपति बनाउन पर्छ लेखिएको ब्यानर पनि राखिएको थियो ।

र्‍यालीमा विभिन्न सांस्कृतिक झाँकी समेत प्रदर्शन गरिएको थियो भने उर्जामन्त्री दीपक खड्काको राजीनामा समेत माग भएको थियो ।