काठमाण्डु – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय स्पष्टीकरण बुझाएका छन् ।
उनलाई मन्त्रालयले ७ दिनभित्र पेश गर्ने गरी ९ बुँदे स्पष्टीकरण सोधेको थियो । उनले आईतबार स्पष्टीकरण बुझाएका छन् ।
ऊर्जा मन्त्रालयले कार्यसम्पादन विवरण नबुझाएको, सरकारी निकायमा बसेर ‘नोट अफ डिसेन्ट’ लेखेको लगायतका आरोप लगाउँदै पदबाट किन नहटाउने भनी पुस २२ गते स्पष्टीकरण सोधेकोमा उनले स्पष्टीकरण बुझाउनुअघि नै कार्यसम्पादन विवरण बुझाइसकेका छन् ।
स्पष्टीकरणमा उनले कार्यसम्पादनमा उच्च अकं प्राप्त गरेको र ४ वर्षका लागि नियुक्त भएकाले सरकारले हटाउन नमिल्ने जवाफ दिएका छन् ।
बिहीबार उनले मन्त्रालयमा पेश गरेको कार्यसम्पादन विवरणमा ९८.९९ प्रतिशत अंक दाबी गरेका छन् ।
मन्त्रिपरिषद्को २०७८ साउन २५ गतेको बैठकले उनलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।
प्रतिक्रिया