कुलमान र हितेन्द्रको रिटमा आजै आदेश आउने

कुलमान र हितेन्द्रको रिटमा आजै आदेश आउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका रिट निवेदनको बहस सकिएको छ।

सर्वोच्च अदालतमा न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि मंगलबारदेखि लगातार बहस भएको थियो।

बिहीबार तेस्रो दिनको बहसमा हितेन्द्रदेव र सरकारी वकिलले बहस गरेपछि कुलमानका कानुन व्यवसायीहरूले जवाफी बहस गरेका थिए ।

अहिले आदेश लेखनको काम भइरहेको छ भने आदेश आजै आउनेछ ।

कुलमानले आफ्नो पदावधि बाँकी छँदै सरकारले बदनियतपूर्वक कार्यकारी निर्देशकबाट हटाएको दाबी गर्दै थमौतीका लागि अन्तरिम आदेश माग गरेका थिए ।