काठमाडौं – धनुषा बम विस्फोटमा मृत्यु भएका प्रहरी निरीक्षक अमिर कुमार दाहालको शव काठमाडौं ल्याउने तयारी भएको छ ।
महेन्द्रनगर बजारस्थित राजेश्वर साहको घरमा अज्ञात समूहले राखेको बम विस्फोटमा घाइते भएका दाहालको जनकपुरमा उपचार हुन नसकेपछि धरान ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको भएको थियो ।
संखुवासभाको मादी पुर्खौली घर भएका दाहाल पछिल्लो समय काठमाडौंको जोरपाटीमा बस्दै आएका छन् । दाहालको शव परिवारलाई जिम्मा लगाउन हेलिकप्टरबाट काठमाडौं लाने तयारी भइरहेको इलाका प्रहरी कर्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।
दाहालको शवको पोस्टमार्टम वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा गरिएको छ । दाहाल सई हुँदा पूर्व प्रधानमन्त्री झलनाथ खनालको सुरक्षा गार्ड (पिओसो) थिए ।
घटनामा राजेश्वर साह र उनका छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको थियो । भने राजेश्वरकी २१ वर्षीय छोरी अञ्जली साह, १४ वर्षीय छोरा प्रेम साह, प्रहरी जवान रिजनाथ कुमार महतो गम्भीर घाइते भएका छन् ।
घाइते तीनैजनाको धनुषामा उपचार सम्भव नभएपछि विपी प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रतिष्ठानका सहायक प्रवक्ता अशोक ऐरले जानकारी दिए ।
प्रतिक्रिया